Sunday, February 5

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) नुवाकोट

Shadow

नेकपा एकीकृत समाजवादीको ककनी गाउँपालिका कमिटी गठन सम्पन्न


काठमाडौ । नेकपा एकीकृत समाजवादीले नुवाकोटको ककनी गाउँपालिकामा गाउँपालिका सगंठन कमिटी गठन गरेको छ। भेलाले अध्यक्षमा कृष्ण जिसि, उपाध्यक्षमा टेक बहादुर बलामी र लालमान लामा, सचिबमा बिष्णु कुमार लामा, उप-सचिबमा बिष्णु प्रसाद ढुंगाना, दिल कुमारि तामाङ र गिता श्रेष्ठ रहेको ५१ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरेकाे छ।
साथै उक्त भेलाले अध्यक्षमा दिल बहादुर तामाङ, उपाध्यक्षमा अमृत फुयाल ,सचिबमा किरण घिमिरे र उपसचिवमा सहदेब बलाामी रहेको युवा संघ नेपालको १८ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरेको छ।

साथै भेलाले नेपाल खेलकुद महासंघ समाजवादीको ककनि गाउँ पालिका कमिटिकाे अध्यक्षमा सिमन तामाङ, उपाध्यक्षमा दिल कुमारी तामाङ र सचिबमा सुदिप बजगाई रहेको ७ सदस्यीय कमिटी गठन गरेकाे छ।

त्यस्तै  भेलाले ककनि गाउँपालिका वडा नम्बर ४ काे वडा कमिटी अध्यक्षमा पासाङ लामा र वडा न ६ काे अध्यक्षमा साेम बहादुर लामा र वडा न ८ काे अध्यक्षमा अबिनास तामाङलाई चयन गरेको छ।

"Bastabik News!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : वास्तविक न्यूज’  [Email : bastabiknews@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्