Sunday, February 5

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) नुवाकोट

Shadow

अध्यक्ष नेपाल द्वारा गोर्खा दरबार संग्रहलायको अवलोकन


काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गोरखा संग्रहालयको भ्रमण गर्नुभएको छ । भुकम्पले ध्वस्त बनाएको बारपाक र लाप्राकको अवलोकनपछि उहाँले गोरखा दरबार संग्रालयको भ्रमण गर्नुभएको हो । अवलोकनपछि अध्यक्ष नेपालले ऐतिहासिक र पूराात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो । ‘गोरखा दरबार हाम्रो इतिहास हो, यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाको जर्गेना गर्नु हामी सबैको दायित्व हो,’ नेता नेपालले भन्नुभयो । उहाँको टिममा गोरखाका जिल्ला अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, केन्द्रीय नेता र कार्यकताहरुको समेत सहभागिता रहेको थियो ।

"Bastabik News!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : वास्तविक न्यूज’  [Email : bastabiknews@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्