Sunday, February 5

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) नुवाकोट

Shadow

नेकपा एकीकृत समाजवादीले खटायो सातै प्रदेसमा अनुगमन टोली


काठमाडौं । नेकपा एकीकृत समाजवादीले अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ ।

अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाउ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।

"Bastabik News!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : वास्तविक न्यूज’  [Email : bastabiknews@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्