Sunday, February 5

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) नुवाकोट

Shadow

शिवपुरी गाउँपालिकामा बाम गठबन्धन लाई नै भोट किन ?


शिबपुरी गाउँपालिकामा बाम गठबन्धन लाई नै भोट किन ?
१. राजनीतिमा देखिएको अपराधिकरण, भ्रष्टाचार, नाताबाद, कृपाबाद, मनपरीतन्त्रको अन्त्य र राजनीतिलाई विशुद्ध सेवा हो भन्ने मान्यता स्थापित गर्न ।
२.जनमैत्री, वातावरण मैत्री दीगो विकास, स्थानीय श्रोत साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना र आर्थिक विकास गर्न,
३. गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, स्वस्थ्य वातावरण लगायत आधारभूत सेवामा जनताको सहज पहुच र अधिकार स्थापित गर्न ।
४. महिला बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्ग, र पछाडि पारिएका वर्ग, समुदायको अधिकार र उत्थानको सुनिश्चिता गर्न ।
५. सामाजिक सेवा, सरकारी, गैर सरकारी र अन्तर्राष्ट्रिय क्षेत्रको ३ दशकको अनुभवलाई समृद्ध, सम्मुनत, र सभ्य सिबपुरी गाउपालिका निर्माणमा लगाउन,
६. सहकारी विकास, कृषि र पशुपालनमा आधुनिकीरण र व्यवसायिकरण, बजारीकरण, कृषि उपज र पशु विमा मार्फत कृषकको जोखिम घटाउन र कृषिलाई र श्रमलाई सम्मानित पेशा बनाउन,
७. स्थानीय भाषा, संस्कृति, सम्पदा र स्थानीय ज्ञान र सिपको संरक्षण र प्रबद्र्धन गरी सबै जातजातीको पहिचानको सुनिश्चिता गर्न र सिबपुरि पर्यटन गुरुयोजना बनाई कार्यन्वयन गरी आर्थिक विकास गर्न,
८. भ्रष्टाचार र ढिलासुस्ती शून्य सहनशिलता, पारदर्शी र चुस्त प्रविधियुक्त प्रभावकारी सूचना प्रवाह, मितव्ययी आर्थिक व्यवस्थापन, आवश्यक सीप र तालिम प्राप्त दक्ष र उच्च मनोबलको कर्मचारी प्रशासन मार्फत जनताको घरदैलौमा स्थानीय सरकार भन्ने परिकल्पनालाई साकार पार्न,
९. सबै राजनैतिक दल, विचार समूह, वर्ग समुदाय, विज्ञहरु र अनुभवी व्यक्तिहरुसँग राय सुझाव लिएर सहअस्तित्व र सहकार्यको मूल्य मान्यता स्थापित गरेर सिबपुरि गाउँपालिकाको चौतर्फी विकासमा सबैको योगदान सुनिश्चिता गर्न ।
१०. जनताको योगदानमा “सिबपुरी विकास कोष” स्थापना गरी “हामी बनाउँछौ हाम्रो सिबपुरि गाउँपालिका” भन्ने संकल्प साकार पार्न,
११. वडा र बस्तीस्तरमा युवाहरुको समूह बनाई “आजको युवा ः सिपयुक्त र जिम्मेवार युवा” बनाउन युवाको क्षमता विकास गरी विकास निर्माण, आर्थिक विकास, खेलकूद विकास र विपद व्यवस्थापनमा युवा शक्ति परिचालन गर्न,

तसर्थ बामपंथी साझा उम्मेदवार हरुलाइ भोट हालि सहयोग गरि दिन हुन सबै सिबपुरिका आमा बुबा दाजु भाइ दिदी बहिनिहरुमा विनम्र अनुरोध गर्द्छु । ।

"Bastabik News!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : वास्तविक न्यूज’  [Email : bastabiknews@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्